Ads

बैतडीमा एक जना मृत फेला


बैतडी । बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–५ बस्कोट शहिद गेटस्थित खोल्सामा ५५ वर्षीय लक्ष्मण नायक मृत फेला परेका हुन् ।

दशरथचन्द नगरपालिका–५ शिवमन्दिर चमखालीका नायक मंगलबार मृत अवस्थामा फेला परेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू