काठमाडौं । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्याउने गतिविधि तत्काल रोक्न नेकपा (एमाले) ले भारतसँग आग्रह गरेको छ ।
एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ ।’
एमालेले यसप्रति सरकारको मौनताले अनेकौं प्रश्न उब्जाएको बताएको छ।
हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मान सरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्