Ads

सामान्य वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । केही दिनदेखी पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ । यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले बताएको हो ।

विभागका अनुसार २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरिएको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा सामान्य हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ।

भोली(बिहीबार) देशभर आंशिक बदली रहरे र भोली साझ प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाको विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

चिसोबाट बच्न र हिमपातका कारण हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधरणहरुमा अनुरोध समेत गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू