Ads

नेपाल बारको विरोध प्रदर्शन: सम्पती छानविनसंगै प्रधानन्यायाधीश जबराको राजीनामा माग


काठमाडौँ । नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरुले आज(बुधबार) विरोध प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा उपस्थित अधिवक्ताहरुका अनुसार कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको हो । न्यायालयमा देखिएको विकृति, विसंगतिका विरुद्धको आन्दोलन र न्यायलयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने उनिहरुको माग रहेको छ । उनिहरुले न्यायालय भित्र रहेका न्यायाधीशहरुको सम्पत्तीको छानबिन समेत गर्नुपर्ने माग उठाईरहेका छन् ।

आन्दोलनमा उपस्थित पदाधिकारी र व्यवसायीहरुले जबसम्म चोलेन्द्र समशेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहने अडान लिदै न्यायपालिका भित्रको विकृति, विसंगति र भ्रष्टतन्त्रलाई निरुत्साहीत पार्नको लागि आन्दोलन भइरहेको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू