काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको बताइएको छ ।
बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको बताइएको छ ।
बैठक माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको निर्वाचन बरे बैठकमा छलफल हुने बताइएको छ ।
आयोगले राजनीतिक दलहरुसंग बैठक गरेर निर्वाचनको वातावरण बनाउनका चाहेको बताएको छ ।
आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन्।
२०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो। त्यतिवेला निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठ मा सकिँदै छ।
प्रतिक्रिया दिनुहोस्