Ads

आशा लघुवित्तको संस्थापक सेयर किन्ने आज अन्तिम दिन


काठमाडौं । आशा लघुवित्तको संस्थापक सेयर किन्ने अन्तिम दिन म‌गलबार रहेकाे छ । मंगलबार १ लाख ७० हजार ३७५ कित्ता संस्थापक सेयर किन्ने अन्तिम दिन हो । कम्पनीको कार्यालय समयभित्रमा उक्त लघुवित्तमा आवेदन दिन सकिनेछ ।

प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३८० रुपैयाँ तोकेको र ३८० रुपैयाँलाई आधार मानेर लगानीकर्ताले सो रकमभन्दा बढी मूल्य स्वीकार गरी बोलपत्र पेस गर्नुपर्नेछ ।

सेयर खरिद गर्दा न्यूनतम ५० हजारदेखि अधिकतमसम्म सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदकहरुले कम्पनी तथा विभिन्न संघ संस्थाहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौमा आवेदन पेश गर्नुपर्ने हुन्छ ।

Ads

सम्बन्धित पोष्टहरू