Ads

नेपालमा पनि भूकम्पको झट्का


काठमाडौं । सिरिरियामा गएको भूकम्पले ठूलो धनजनको क्षति गरेर विश्वको ध्यान तानिरहेका बेला नेपालमा पनि सानोतिनो भूकम्पको झट्का लागिरहेको छ । बुधबार नेपालको लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

बुधबार बिहान ७ बजे् १७ मिनेटको समयमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको सदरमुकाम बेसीसहरलगायत स्थानमा भूकम्प महसुस गरिएको छ । यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू