Ads

नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने


काठमाडौं । हवाई यात्राका दौरान नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने भएको छ । यसका लागि अब वायुसेवा कम्पनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको शर्त पुरा गरी यस्तो सेवा जडान गर्न सक्नेछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले इनफ्लाइट कम्युनिकेसन (आईएफसी) सर्भिस सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो बाटो खोलेको छ । यसअघि सरकारले यस्तो सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न प्राधिकरणले निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार नेपाली आकाशमा १० हजार फिटभन्दा माथिको उचाइमा उडानमा रहेको जहाजमा यस्तो सेवा दिइनेछ । ट्याक्सिङ, उडान वा अवतरणका दौरान र १० हजार फिट भन्दा तलको उचाइमा भने कुनै पनि जहाजमा यस्तो सेवा यात्रुले चलाउन पाउने छैनन् ।

यसअघि नेपालको आकाश हुँदै अन्य मुलुकमा जाने वायुसेवा कम्पनीहरुको उडानका दौरान चलिरहेको वाइफाइ तथा अन्य फ्रिक्वेन्सी सेवाहरु काटिने अवस्था थियो । त्यसमा पनि नेपालको आकाश हुँदै उचाइमा उड्ने विदेशी जहाजहरुमा चलिरहेको सेवा अब नेपाली आकाशमा ‘ओभरफ्लाइङ’ गर्दा समेत सेवा अवरुद्ध हुने छैन ।

Ads

सम्बन्धित पोष्टहरू