Ads

नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री कार्की


काठमाडौं । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । पछिल्ला केही दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको अवस्थामा उनले सरकाले आवश्यक तयारी गरेको बताएका हुन्।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् , ‘पछिल्ला केहि दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ ।’

उनले खोप अभियान तीव्र गतिमा अगाडि बढेको बताए । मन्त्री कार्कीले भने, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ’ उनले आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे ।

 

Ads

सम्बन्धित पोष्टहरू