काठमाडौँ । प्रधानमन्त्री कप प्रतियोगितामा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदूरपश्चिमले पहिलो जित निकालेको छ । सोमबार देखी जारी प्रतियोगितामा सुदुरपश्चिमको आज(विहिबार) भएको खेलमा पहिलो जित हो भने कर्णालीले प्रतियोगितामा दोस्रो हार व्यहोर्नु परेको छ ।
सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १९ दशमलव १ ओभरमा १ सय ६ रन बनाउँदै अलआउट भएको थियो । टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रनको लक्ष्य दिन सफल भएको ।
आजका लागि तय भएको अन्य खेल हुन सकेनन् । गए रातिको वर्षाका कारण मैदान ओसिलो भएपछि खेल हुन नसकेपछि टोलीले अंक बाँडेका छन् ।
प्रतियोगितामा सहभागी १० टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश नं. १, त्रिभुबन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेश र रहेका छन् । समूह ‘बी’ मा प्रदेश नं. २, नेपाल एपीएफ क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्