Ads

निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरु


काठमाडौं । निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक आयोगको कार्यलय कान्तिपथमा सुरु भएको छ ।
आयोगले आउदो माभ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका बारेमा राजनीतिक दलहरुसंग छलफल गर्न सर्वदलीय बैठक बोलाएको थियो । आयोगले स्थानीय तहको आगामी निर्वाचनका बारेमा पनि दलहरुसंग छलफल गर्ने बुझिएको छ । आयोगले बोलाएको सर्वदलीय बैठकमा विभिन्न दलका नेताहरु सहभागी भएका छन् ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट रमेश लेखकलगायत नेताहरु सहभागी भएका छन् । माओवादी केन्द्रको तर्फबाट लिलामणि पोखरेल लगायत नेताहरु सहभागी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी सहभागी भएका छन् ।

नेपाल मजदुर किसान पार्टीको प्रतिनिध्व गर्दै प्रेम सुवाल बैठकमा सहभागी भएका छन् । नेपाली जनता दलबाट हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत बैठकमा सहभागी भएका जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू