पोखरा । पोखरामा विद्यालयस्तरीय छात्रछात्रा सडक दौड प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति कास्कीले संयुक्त राष्ट्र संघको महासभाले अन्तर्राष्ट्रिय बाल अधिकार कानुन पारित गरेको सन्दर्भमा आगामी मंसिर ४ मा १६ वर्ष उमेर समूहका छात्रछात्रा सडक दौड प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा छात्रछात्रा तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमश: १० हजार, ७ हजार, ५ हजार र २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । कार्यक्रम सम्पन्न गर्न करिब १ लाख ५० हजार खर्च हुने अनुमान गरेको खेलकुद विकास समिति कास्कीका उपाध्यक्ष महेन्द्र गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्