काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नवौँ चरणको खेलमा विभागीय टोली एपीएफले जित निकालेको छ ।आज(शुक्रबार) भएको नवौ चरणको पहिलो खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरेका हुन् ।
आजको जितसँगै एपीएफले ९ खेलमा १० अंक जोडेको छ भने हिमालयनले ९ खेलमा ११ अंक जोडेको छ ।
भोलि शनिवारको खेलमा फ्रेन्ड्सले त्रिभुवन आर्मी फुटबल क्लबसँग र थ्री स्टार क्लबले सङ्कटा क्लबसँग भिड्ने छन् । नवौँ चरणको अन्तिम खेल न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लब विचको हुनेछ ।
प्रतिक्रिया दिनुहोस्