Ads

श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ


दैलेख। आफ्नै श्रीमती २७ वर्षीया पार्वती बिसीको हत्या गरेको अभियोगमा गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई  प्रहरीले पक्राउ गरेको छ ।

सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्वतीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्‍त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू