Ads

कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल (फोटोफिचर)


काठमाडौं । राष्ट्रिय युवा संघले कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको छ ।बुधबार ललिपुरको सातदोबाटोस्थित एन्फा मैदानमा राजनीतिक दलका नेता र कलाकारहरुबीच फुटबल खेलमा प्रतिस्पर्धा भएको हो ।

राजनीतिक नेताहरुको तर्फबाट एमाले महासचिव शंकर पोखरेलले कप्ताानी गरेका थिए भने कलाकारको पक्षबाट धिरेन शाक्यले कप्तानी गरेका थिए ।

उक्त खेलमा धिरेन शाक्य, जितु नेपाल, रचना रिमालसम्मका कलाकारको उपस्थिति थियो भने राजनीतिकर्मीवाट एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायतका उपस्थित थियो । आगमी ११ फागुन देखि हुन लागेको केपी ओली कप राष्ट्रिय च्याम्पियनसीप आयोजनाको पुर्वसन्ध्यामा संघले कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेलाएको हो ।

Ads

सम्बन्धित पोष्टहरू