Ads

इङवा खोला हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न अनुमति प्राप्त


काठमाडौं । नेपाल धितोपत्र बोर्डले इङवा खोला हाइड्रोपावर कम्पनीलाई आईपीओ बिक्री गर्ने अनुमति दिएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा भने आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आईपीओ बिक्री गर्नेछ ।

त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ । बोर्डले कम्पनीलाई कुल १८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति दिएको हो । यस कम्पनीको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू