Ads

आज सेना दिवस, भब्यताका साथ मनाईदैँ


काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ । नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक बर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आईएको छ । सो क्रममा सैनिक मञ्चमा बिशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाउँछ ।

सो क्रममा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सबारी देखी हेलिकोप्टरवाट पुष्पबृष्टी पनि गरिने्छ । जहाँ राष्ट्रपति बिद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुंडिखेलमा बिहान ११ बजे बिशेष प्रदर्शन गरिनेछ ।

जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधिस, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका प्रमुख र सदस्यहरु तथा सरकारका उच्चअधिकारीहरुको उपस्थिति रहनेछन् । नेपाली सेनाको २६० औं दिवसलाई अझ भब्य रुपमा मनाउन भारतीय सेनाका पुर्व प्रमुखहरुलाई पनि निमन्त्रणा गरिएको छ, जो पहिलो पटक नेपाल आमन्त्रण गरिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू