Ads

अदालतको निर्णय: शीर्ष टेनिस खेलाडी जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न नपाउने


काठमाडौँ । विश्वकै नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई एक अदालतले अस्वीकार गरेपछि उनलाई देश निकाला हुने भएको छ ।
अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गरिने भएको छ । अदालतका तीन न्यायाधीशहरूको सर्वसम्मतिले उनको भिसा रद्द नगर्ने भन्दै गरिएको अन्तिम प्रयासलाई खारेज गर्ने निर्णय दिएका हुन् । यो निर्णयसँगै गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता समेत खेल्न नपाउने भएका छन् ।

अदालतको निर्णयपछि जोकोभिचले आफू “एकदमै निराश“ भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताए । उनले आफ्नो एक वक्त्तव्यमा भने, “यो देशबाट म बाहिरिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्नेछु ।

अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचको कारण समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने बताउदै भिसा रद्द गरेका थिए । अस्ट्रेलिया प्रवेश गर्ने विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको भए पनि जोकोभिचले अहिले सम्म खोप लगाएका छैनन् । जसका कारण उनको भिसा रद्द गरिएको हो ।

भोली(सोमवार)देखी सुरु हुने अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा जोकोचिचले पहिलो चरणमा सोमवार राति सर्बियाकै खेलाडीविरुद्ध खेल्ने तालिका रहेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू