Ads

चितवनमा गैंडाले आक्रमण गर्दा एकजनाको मृत्यु


काठमाडौं । चितवनमा गैंडाले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको रत्ननगर नगरपालिका–९, लालपर्सा नजिकै गैंडाको आक्रमणबाट सोही ठाउँमा बस्ने ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले दिएको जानकारी अनुसार आज बिहानको समयमा मर्निङ वाकमा निस्किएका बेला तामाङमाथि गैंडाले आक्रमण गरेको थियो । बिहान करिब ५ः४५ बजेको समयमा मर्निङ वाकमा निस्किएका तामाङमाथि गैंडाले आक्रमण गर्दा गम्भीर घाइते बनेका उनको मृत्यु भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू