Ads

‘ए’ डिभिजन लिगः मछिन्द्रको सहज जित, कोरोना संक्रमणका कारण दोस्रो खेल स्थगित


काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले जित निकालेको छ ।

आज(आइतबार) भएको पहिलो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोल अन्तरले हराएको हो ।

मछिन्द्रलाई जित दिलाउनका लागी विमल घर्ति मगरले दुई गोल गरे भने रेजिन सुब्बा र अविशेक रिजालले एक एक गोल गरेका थिए । आजको जितसँगै मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । मछिन्द्रले लिगमा ४ अंकको अग्रता समेत बनाएको छ ।

कोरोना संक्रमणका कारण दोस्रो खेल स्थगित

आज हुने भनिएको दोस्रो खेल कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको छ । च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) जनाएको हो ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको प्रतियोगी टिम च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्नसँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा मेडिकल कमिटीसँग सल्लाह गरी खेल स्थगितको निर्णय गरेको र खेलमको नयाँ मिति चाँडै तय गरिने एन्फाले जनाएको छ ।

स्थगित दोस्रो खेल साझ पौने पाँच बजेलाई तय गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू