Ads

किसान लघुवित्तको बोनस सेयर घोषणा


काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले हाल कायम चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँको ७ प्रतिशतले हुने ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ बराबरको  बोनस शेयर तथा ०.३६८४ प्रतिशतले हुने १७ लाख ३६ हजार ६२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र किसानको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू