Ads

यी ठाउँ, जहाँ अब जम्मा हुन पाईने छैन २५ जना भन्दा बढि


काठमाण्डौ । सरकारले कोरोना संक्रमण बढ्दै जाँदा विभन्नि स्थानमा २५ जना भन्दा बढि भेला हुन नपाउने व्यवस्था गरेको छ । मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरु सञ्चालनका लागि शर्त जारी गरेको जानकारी दिनुभएको छ ।
सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । मास्क अनिवार्य गरिएको छ ।
साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् । सरकारले कलेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।
ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू