काठमाडाैं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौं जित निकालेको हो ।
यसअघि घरेलु मौदानमा नेपालले स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो ।
नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ ।
जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै जीत हासिल गरेकाे हाे । नेपालले अव बिहीबार युएईसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्