Ads

सय दिनमा ३७ उपलब्धि : मन्त्री रामकुमारी


काठमाडौँ । सहरी विकास मन्त्रीको पदमा रहेर रामकुमारी झाँक्रीले आज सय दिन पूरा गरेकी छन् । गठबन्धन सरकारमा सहरी विकास मन्त्रालय सम्हालेको सय दिनमा उनले आफ्ना विभिन्न ३७ वटा उपलब्धि सार्वजनिक गरेकी हुन् ।

सहरी विकास विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका भित्र र बाहिर रोकिएका कामहरूलाई तीव्र पारिएको उल्लेख समेत गरेकी छन् । उनले विभिन्न आयोजनाहरुमार्फत आफ्नो सय दिने कार्यकालमा ८७ किलोमिटर सडक निर्माण भएको दाबी गरेकी छन् । सोही अवधिमा ९१ किलोमिटर सडकको पक्की नाला निर्माण गरिएको पनि जानकारी दिएकी छन् ।

मन्त्री झाँक्रीका अनुसार विभिन्न समयमा राजनीतिक तथा सामाजिक विवादका कारण रोकिएको जग्गा हस्तान्तरणलाई पनि तीव्र पारिएको छ ।उनले सार्वजनिक गरेको ३७ बुँदे उपलब्धिमा मुलुकभरका १२ हजार ६ सय ६० घर परिवारलाई जग्गा हस्तान्तरणको बाटो पनि खोलिएको जनाएकी छन् ।

Ads

सम्बन्धित पोष्टहरू