लमजुङ । दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगिता २०७९ को उपाधि रोयल फ्रेण्डसिप युवा क्लव लमजुङले जितेको छ । मंगलबार भएको फाइनल खेलमा कालिका युवा क्लव भण्डारथोक गोरखालाई शुन्यका विरुद्ध दुई गोलले हराउँदै रोयल फ्रेण्डसिपले प्रतियोगिताको उपाधि जितेको हो ।
लमजुङको राइनास नगरपालिका-६ धमिलिकुवा स्थित गौलीटार क्षेत्रीय खेल मैदानमा यही फागन १० गतेदेखि सुरु भएको प्रतियोगितामा लमजुङ, गोरखा र तनहुँका १८ टिम सहभागि थिए ।
सेमिफाइनल खेलमा मर्स्याङदी युवा क्लव हवाइग्राउण्डलाई हराउँदै कालिका भण्डारथोक फाइनलमा प्रवेश गरेको थियो भने विवाईसी भोटेओडार हराउदै रोयल फ्रेण्डसिप फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेता रोयल फ्रेण्डसिपले २ लाख नगद सहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता कालिकाले नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा रोयल फ्रेण्डसिपका रोसन क्षेत्री सर्वाधिक गोलकर्ता, सागर गुरुङले उत्कृष्ट खेलाडी र लिलजंग तामाङले उत्कृष्ट खेलाडीको उपाधि पाएका छन् ।
तीनै जनालाई प्रमाणपत्र र पाँच/पाँच हजार नगद पुरस्कार दिइएको आयोजक गौलिटार क्षेत्रीय खेल मैदान समिति अध्यक्ष किरण श्रेष्ठले वताए । उनका अनुसार हरेक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरि १/१ हजार रुपैयाँ दिइएको छ ।
यसैगरी सेमिफाइलन पुग्ने दुई टिम मर्स्याङदी हवाईग्राउण्ड र विवाईसी भोटेओडारलाई पुरस्कार स्वरुप नगद २०/२० हजार रुपैयाँ प्रदान गरिएको छ । हरेक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरी १ हजार रुपैयाँ दिइएको थियो । प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्