भक्तपुर । भक्तपुरका धेरै पसलहरु नगरपालिकामा दर्ता विना संचालनमा भएको पाइएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको सल्लाघारी, चुनदेवी र घलाटेमा फागुन १५ र १६ गते दुई दिनमा ३५ वटा पसल अनुगमन गर्दा धेरै पसलहरु नगरपालिकामा दर्ता विना संचालन गरिएको पाइएको हो ।
अनुगमनमा मोतिलाल दुगडको दुगड वर्डस् एण्ड सन्स् प्रा.लि. नगरपालिकाको दर्ता प्रमाणपत्र पसलमा नभएकोले पसलमा देखिने गरी राख्न निर्देशन दिइएकाे छ।
त्यस्तै ब्रदर्श रिकण्डिसन (ब्रो इन्टर प्राइजेज) दर्ता प्रमाणपत्र नभएको र दर्ता विना २०७५ सालदेखि संचालन गरेकोले तीन दिनभित्र दर्ता गरी कार्यालयमा उपस्थित हुन र बाटोमा मोटर साइकल पार्किड्ड नगर्न समेत निर्देशन दिईएकाे छ।
त्यस्तै सोलु खाजा घर, सूर्य गणेश इन्टर प्राइजेजलाई भने तीन दिनभित्र दर्ता गरी कार्यालयमा उपस्थित हुन निर्देशन दिइएकाे छ भने यसैगरी ३५ वटा पसल र फर्महरुलगाएतलाई पनि तीन दिन भित्र दर्ता कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक प्रजापतिले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्