Ads

नाम पाउँन बाँकी अब एक मात्र प्रदेश


काठमाण्डौं । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश दुईको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गर्यो ।
सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ को भने नामाकरण हुन सकेको छैन ।
प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ ।
२०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो ।
देश संघीय प्रणालीमा गएपछि प्रदेश सभामध्ये तत्कालीन प्रदेश ६ ले सबैभन्दा पहिला राजधानी र नाम टुंगो लगाएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू