Ads

दुधको मुल्य ९.५० रुपैयाँ बढयो


काठमाडौं । अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ । कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मुल्य बढने भएको हो ।

जसअनुसार दुधको मूल्य ५६ रुपैयाँवाट बढेर अब ६५.५० रुपैयाँ कायम हुने भएको छ । किसान तथा दुग्ध उत्पदान महासंघ, नेपाल डेरी एशोसियन लगायतले लामो समय देखी दुधको मुल्य बढाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू