Ads

तेह्रथुमका आगलागी पीडितलाई राहत वितरण


तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ६ मा पर्ने चुहानडाँडाका अग्नीपीडितलाई राहत प्रदान गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सीता गुरुङले अग्नी पीडितलाई राहत प्रदान गरेकी हुन् । आगलागीका कारण १४ घर जलेर नष्ट भएसँगैतीन करोड बढीको क्षति भएको थियो ।

तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएका र पाँच घर खाली थिए । आफू निर्वाचित भए पश्चात पाएको भत्तावापतको रकम पीडितहरुलाई राहतस्वरुप प्रदान गरेको सांसद गुरुङले बताइन्। आगलागीबाट नौ परिवारका ४१ जना विस्थापित भएका छन्। घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।

फुसको छाना रहेका घरहरू भएकाले बस्ती सखाप भइ ठूलो क्षतिभएको हो । यहाँ तत्कालै गाउँपालिकाले राहत प्रदान गरेको र प्रदेश तथा संघीय सरकारसँग पनि राहातको पहल भइरहेको गाउँपालिकाले जनाएको छ । एकीकृत समाजवादी पार्टी तेह्रथुमले पनि पार्टी सचिव गजेन्द्र कन्दङवाको उपस्थितीमा आगलागी पीडितलाई प्रतिव्यक्ति एक हजार रुपैंयाँका दरले राहात प्रदान गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू