Ads

करिस्मा मानन्धर र रवि लामिछाने लिभिङ टुगेदरमा बसेको भन्ने खनालविरुद्ध मुद्धा


काठमाडौं । अभिनेत्री करिस्मा मानन्धर र पूर्वसञ्चारकर्मी एवम् हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रवि लामिछाने अमेरिकामा रहेका बेला सँगै लिभिङ टुगेदरमा बसेको आरोप लगाउँदै युट्युबमा अन्तरवार्ता दिने डिल्लीराम खनाल विरुद्ध अभियोगपत्र दायर भएको छ ।

नेकपा (एमाले)को नेत्रीसमेत रहेकी मानन्धरको जाहेरीपछि फागुन ५ गते पक्राउ परेका खनाल र उनको अन्त्रवार्ता लिएर प्रसारण गर्ने न्यु अनलाइन टिभी नामक युट्युबमा सञ्चालक गोकर्ण जोशीलाई प्रतिवादी बनाइ अभियोगपत्र दायर गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोपत्रमा मुलुकी अपराधसंहिता २०७४ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ ।

खनालले आफूले हल्ला सुनेको भरमा बोलेको बयान दिएका छन् । उनले पीडितको सन्दर्भ जोडिएको आफ्नो अन्तर्वार्ताको छोटो क्लिप टिकटक बनाएर भाइरल बनाइएको पनि उल्लेख गरेका छन् । खनालको अन्तर्वार्ता लिने अनलाइनका सञ्चालक जोशी भने फरार छन् ।

Ads

सम्बन्धित पोष्टहरू