मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज व्यस्तता बढ्नेछ । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । तर खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । तथापि, शत्रुमाथि विजय प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । तर, समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्ने योग छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँच बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विशेष मानसम्मान प्राप्त हुने दिन छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट होला । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्ने योग पनि छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । स्वास्थ्य समस्याले चाहिँ सताउन सक्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन काममा परिवारजनको सहयोग रहला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट होला । प्रतिभाको उचित कदर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आयबल बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । साथीभाइको सहयोगले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । रसरागमा आकर्षण बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन त्यति शुभदायी नरहला । कतै विवादमा पर्ने तथा दण्ड–जरिवानाको पनि सम्भावना छ । दाम्पत्य सम्बन्धमा असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्य समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । बोली र व्यक्तित्वको प्रभाव भने बलियो नै रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यबल बढ्नेछ । शुभ काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । दाजुभाइसमाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यवसायबाट धनलाभ हुने समय छ । भौतिक साधनहरू जुट्नेछन् । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । राजनीतिक पहुँच बढ्ने योग छ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दाम्पत्य सुख बढ्ने समय छ । आरोग्यता बढ्ला । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । स्वास्थ्य समस्या पनि आइपर्न सक्छ । खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बनेको अनुभूति भए पनि आनन्द वृद्धि होला । सफलताको दर बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनु हितकर होला ।
प्रतिक्रिया दिनुहोस्