Ads

चितवनका कुकुरमा देखियो ‘पार्वो भाइरस’, त्यो भनेको के हो ?


चितवन । चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को संक्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको संक्रमण देखिएको हो । अस्पतालमा उपचारका लागि ल्याइएका ३० देखि ४० प्रतिशत कुकुरमा सो भाइरस देखिएको केन्द्रका सूचना अधिकारी डा। प्रभात न्यौपानेले बताए ।

मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो । घरपालुवा कुकुर उपचारका लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा कसैले ध्यान नदिएको उनले बताए । यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ ।

पार्वोको संक्रमण भएका कुकुरमा खान मन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्नेजस्ता लक्षण देखापर्ने उनले बताए । सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्छ । कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्छ । कुकुरलाई डीएचएलपिपी नामक खोप नियमित पाँचवटा दिएमा यस्ता संक्रमण नहुने न्यौपानेले बताए ।

अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उनले बताए । जन्मिएको ६ देखि आठ हप्तामा कुकुरमा पार्वोविरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ ।

Ads

सम्बन्धित पोष्टहरू