Ads

सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री  कार्कीलाई ठक्कर दिएको थियो ।

उपचारका क्रममा कार्कीको मृत्यु भएको र  सफारी चालक टहरी–५ का ३५ वर्षीय सुरेश चौधरीलाई  नियन्त्रणमा लिइको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू