काठमाडौँ । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा आज भैरहेको छ । आज भएको पहिलो खेलमा बागमती प्रदेशलाई हराउदै नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको हो ।
टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बागमतीलाई पुलिसले ५० रनले पराजित गरेको हो । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ५ रन मात्र जोड्न सकेको थियो ।
दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भैरहेको छ ।
समूह ‘बी’ को विजेता टोली एपीएफले समूह अन्तर्गत चारवटै खेल जितेको थियो भने समूह ‘ए’ को उपविजेता आर्मीले चारमध्ये दुई खेलमा जित तथा एक खेलमा अंक बाडेको हो ।
प्रतिक्रिया दिनुहोस्