Ads

पीएम कप : फाइनलमा पुग्यो एपीएफ र पुलिस


काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजको सेमिफाइनल खेलबाट नेपाल एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा भएको आजको दोस्रो खेलबाट विभागिय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मीले ९ विकेट गुमाउदै १ सय ८३ रनमै सिमित भएको हो ।

भोली हुने फाइनलमा एपीएफले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले बागमतीलाई आजको पहिलो खेलमा ५० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू