काठमाडौँ । बिश्वकै शक्तिशाली देशको रुपमा रहेको रुसले युक्रेनमाथी आक्रमण गर्ने तयारी गरेको छ । अमेरिकी अधिकारीहरुले रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् ।
रुसी सेनालाई सैन्य आक्रमणका लागि हातहतियारसहित पूर्ण तयारी अवस्थामा राखिएको युक्रेनको गुप्तचरले जनाएको छ । साइबर आक्रमण, पूर्व वा दक्षिणबाट सानो स्तरको आक्रमण र क्षेप्यास्त्र आक्रमणको साथमा पुरै मुलुकभर विशाल आक्रमण लगाएत विभिन्न बाहानामा आक्रमण गर्ने अवस्थामा रुस तयार रहेको हुँदा युक्रेनको लागि अवस्था निकै जोखिमपूर्ण बन्दै गएको ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले बताएकी छिन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी समकक्षी सर्गेई लाभरोभले शुक्रबार भेटवार्ता गर्ने भएका छन् । यी दुइ देश विच भेटवार्ता हुनु भन्दा पहिले ब्लिन्केनले युक्रेन र युरोपेली मुलुकका प्रतिनिधिसँग भेटवार्ता गर्ने बताइएको छ । दुई मुलुकका विदेशमन्त्रीहरुबीचको वार्तामा यो मुद्दालाई कसरी कूटनीतिकरुपमा समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने साकीले जनाएकी छन् ।
प्रतिक्रिया दिनुहोस्