Ads

संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने


काठमाडौं । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने भएको छ । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार समितिले राजदूत सिफारिस समावेशी नभएको भन्दै प्रधानमन्त्रीलाई बोलाएर जानकारी माग गर्ने निर्णय गरेकोे छ ।

समितिका सदस्यहरूले पछिल्लो पटक अमेरिका, बेलायत र भारतका राजदूतका लागि भएको सिफारिस पनि समावेशी नभएको भन्ने विषय उठाएका छन् ।

संविधानको धारा ४२ मा समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक उल्लेख भएको बताउदै राजदूतलगायत संवैधानिक निकायका पदाधिकारी नियुक्ति संविधानको मर्मअनुरुप समानुपातिक समावेशी नभएको समितिको निष्कर्ष रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू