Ads

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


जाजरकोट। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जाजरकोटको कुशे गाँउपालिका-८ निवासी ३६ वर्षका निरञ्जन रोकायालाई बैकिंग कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रेमकुमार राउदको जाहेरीमा उच्च अदालत पाटन ललितपुरबाट गत माघ २४ गते पक्राउ अनुमति जारी भएको थियो । सोही आधारमा जाजरकोट प्रहरीले सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका रोकायालाई आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक सन्तोष रोका मगरले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू