काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा स्वास्थ्य मापदण्ड पालना भए नभएको र स्यानेटाइजर यथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्रीले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन गरेको छ।
मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए नभएको अनुगमन गर्न निर्देशन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानेटाइजर यथेष्टमात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगित गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन गरेको छ।
प्रतिक्रिया दिनुहोस्