Ads

जसपाले स्विकृत गर्‍यो उपराष्ट्रपतिको राजिनामा


काठमाडौं । जनता समाजवादी पार्टी नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजिनामा स्विकृत गरेको छ  ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएको मिति चैत ३ गते देखी लागु हुने गरी राजिनामा स्विकृत गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

उनका अनुसार उपराष्ट्रपति यादवले दिएको साधारण सदस्यसमेत नरहने गरी दिएको राजिनामा स्विकृत गरिएको हो । जसपा नेपालको महासचिवसमेत रहेका यादव गत चैत ३ गते तेस्रो कार्यकालका उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू