Ads

धनगढीमा सोमबार रातिदेखि वर्षा जारी


धनगढी । सोमबार रातिदेखि धनगढीमा वर्षा जारी रहेको छ। सोमबार रातिदेखि धनगढी लगाएतका क्षेत्रमा वर्षा भइरहेको हो।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले धनगढीसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा वर्षा भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जनसहित वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभाग र तराई भूभागका थोरै स्थानहरुमा चट्याङ्ग, हावा–हुरी, असिनासहित वर्षाको सम्भावना रहेको बताएको छ। महासाखाले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू