Ads

आजदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य


काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज(शुक्रबार) देखी सार्वजनिक स्थानमा हिँडडुल गर्न कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य देखाउन पर्ने भएको छ ।

संक्रमणको दर तिव्ररुपमा फैलिएपछि सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गराएको हो । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको निर्णय अनुसार सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य भएको गृह मन्त्रालयले बताएको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड र खोप अभियानलाई तिव्रता दिएसंगै खोपकार्ड लिएर हिड्न निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार कुनै पनि कामले बाहिर निस्कनुपर्दा र सार्वजनिक सेवा लिन जाँदा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अथवा मोवाईलमा खिचिएको कार्डको फोटो भएपनि अनिवार्य देखाउनुपर्नेछ । केही दिन यता संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार १२ हजार तीन सय ३८ नयाँ संक्रमित थपिएका छन् भने अहिले ५७ हजार ३ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू