काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज(शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
पछिल्लो समयको राजनीतिक घटनाक्रम संगै सरकारका काम र गतिविधिको विषयमा सम्बोधन गर्न लागेको बताईएको छ । प्रधानमन्त्री देउवाले कोरोना महामारीको विषयमा पनि सम्बोधन गर्ने छन् ।
गत असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने सचिवालयले बताएको हो ।
प्रतिक्रिया दिनुहोस्