काठमाडौँ । कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि भोलि(शनिबार) देखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने भएको छ ।
उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आज(शुक्रबार) राति १२ बजेदेखि लागु हुने गरी सबै सङग्रहालय बन्द गर्ने निर्णय गरेको हो । उपत्यकामा धेरै भिडभाड भैरहने हनुमानढोका दरबार, राष्ट्रिय सङ्ग्रहालय, नारायणहिटी दरबार, मुद्रा सङ्ग्रहालय, भक्तपुर र पाटन दरबार सङ्ग्रहालयहरु रहेका छन् । कोरोनाको संक्रमणसंगै जोखिम बढ्दै गएपछि ती सङ्ग्रहालयहरु बन्द गर्न लागिएको हो ।
कोरोनाको नयाँ भेरिएण्ट देखिएसंगै केहि दिन यता संक्रमितको संख्या बढ्न थालेपछि अर्को सूचना जारी नभएसम्म सङ्ग्रहालय बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले विज्ञप्ति जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्