काठमाडौं । नेकपा माओवादी केन्द्रले माघ ८ गतेलाई बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।
केन्द्रीय कमिटी बैठक कोरोना महामारी, स्वास्थ्य मापदण्ड पालना सम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्म स्थगित गरेको जनाइएको छ । माआवादी केन्द्रले ८ गतेलाई भर्चुअलमाध्यमबाट बैठक बस्ने भनेपनि संभव नभएकाले स्थगित भएको पार्टी कार्यलय सचिव श्रीराम ढकालले खबरपोस्टलाई जानकारी दिए ।
यसअघि पुस २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमित भएपछि रोकिएको थियो ।
केन्द्रीय कमिटीको बैठक स्थगित गरेर पार्टीको निवर्तमान स्थायी कमिटी र आयोगका अध्यक्षहरुको बैठक बोलाइएको छ । बैठक माघ ८ गते बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाडा कोटेश्वरमा बस्ने ढकालले जनकारी दिए ।
प्रतिक्रिया दिनुहोस्