काठमाडौँ । व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न नागरिक अगुवाहरूले माग गरिरहेका छन् ।
आज(शुक्रबार) संयुक्त वक्तव्य जारी गर्दै डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले नागरिक अपिलमा हस्ताक्षर गर्दै हत्याकाण्डमा सामेल भएको स्वीकार गर्ने तथा व्यक्तिहत्याको धम्की दिने मन्त्री रेणु यादवलाई तत्काल पदमुक्तको माग गरेका हुन् ।
नागरिक अपिलका अनुसार चर्चित ‘गौर हत्या काण्ड’ २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्यामा मन्त्री रेणु यादवको अभिव्यक्तिमा निजको दलको समेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको उल्लेख गरिएको छ ।
सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री देउवा समक्ष मन्त्री यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्