Ads

कञ्चनपुरबाट तीन जना लागूऔषध प्रयोगकर्ता पक्राउ


धनगढी । कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ जाई जाने भित्री बाटोमा से२प ५५१३ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने टेक गौतम, सोही ठाउँ बस्ने कृष्ण राना र बेलौरी नगरपालिका वडा नम्बर ९ बस्ने प्रदीप चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ३ दशमलव ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू