Ads

माओवादीको स्थायी कमिटी बैठक सुरु


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन लगायतका समसामयीक विषयमा निवर्तमान स्थायी ककिटी सदस्य र केन्द्रीय आयोगका अध्यक्षहरुसहितको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यलय पेरिसडाँडामा बसेको छ ।

पार्टी केन्द्रीय आयोगका अध्यक्षहरु र निवर्तमान स्थायी समिति सदस्यहरुसङग परामर्श बैठक पार्टी कार्यलय पेरिसडाँडामा सुरु भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
उनले भने, ‘राष्ट्रिय सभा तथा तिनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल हुने छ।’
माओवादीले आज शनिबार बोलाएको केन्द्रीय कमिटीको बैठक भने कोभिड–१९का कारण स्थगित गरेको छ ।

माओवादी केन्द्रको महाधिवेशन सकिए पनि पदाधिकारी भने बनेको छैन । २५ गते पुसमा बस्ने भनेको केन्द्रीय कमिटी बैठक कोरोनाका कारण स्थगित भएको थियो । आजको बैठक पनि कोरोनाका कारण स्थगित भएको छ । केन्द्रीय कमिटी बैठक नबस्दा पदाधिकारी चयन हुन सकेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू