Ads

मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न पुगे बालुवाटार


काठमाडौं । ११ दिनसम्मको पैदल यात्राबाट काठमाडौं आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई भेट्ने बताएपछि आज उनीहरु लाइन लागेर बालुवाटार तर्फ गएका हुन् ।

काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे आज बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू