काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।
एमाले केन्द्रीय सदस्य सूर्य थापाले ओलीमा कोरोना पुष्टि भएको सामाजिक सञ्जालमा लेखेका छन्। यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।
हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।
कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्।
प्रतिक्रिया दिनुहोस्